काठमाडौं । जापानमा सोमबार निरन्तर भूकम्प गएसँगै सुनामीको चेतावनी दिइएको छ । भूकम्पमध्ये मध्य जापानको नोटो क्षेत्रमा एउटा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । मानिसहरूलाई अग्लो स्थान वा भवनमा चढ्न आग्रह गरिएको छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले सुनामीले क्षति पुर्याउनसक्ने क्षेत्रका बासिन्दालाई खाली गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया