देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीतकार तथा आख्यानकार डीआरको कथासंग्रह ‘खोक्पा’ सार्बजनिक

देशान्तर

काठमाडौं ।गीतकार तथा आख्यानकार डीआर (दिनेशकुमार राई ) को कथासंग्रह ‘खोक्पा’ सार्बजनिक भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ समालोचक महेश पौड्याल, सञ्चारकर्मी हेम भण्डारी, समालोचक निमग्ना घिमिरे र पेज टर्नर प्रालिका अध्यक्ष भुवनहरि सिग्देलले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।

‘खोक्पा’ कथासंग्रहमा एघारवटा कथा संग्रहित रहेका छन् । कथामा बुढ्यौली जीवन, वैदेशिक रोजगारी, लाहुरे संस्कृति, जनजातीय पहिचानजस्ता विविध विषयबस्तुहरु समावेश गरिएको छ ।
पुस्तक पिता स्व।.कृष्णबहादुर राई (गान्धी) र माता स्व. कमलकुमारी राईमा समर्पित पुस्तकमा ११ वटा कथा सङ्ग्रहित छन् ।

बाचा ,यादमा , भूल ,फष्ट मुभ ,गहिराई , भुइँचम्पा , र गीत गरी ७ वटा गीति एल्बम सार्बजनिक गरेका गीतकार डी आरका साहित्यिक पुस्तक कृतिका रुपमा यसअघि नयाँ मोडहरुमा ,कान्तिपुरदेखि सन्दकपुरसम्म , आत्मभाव , तिलस्मी , समयको डोब ,सेन्टोसा प्रकाशन भएका छन् ।