देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राचीन कथा -एक करोड स्वर्ण–मुद्रा कसरी प्राप्त गर्ने ?



यसअघि हामीले पढेका थियौं, गुरु वर्षले आफ्ना शिष्यहरूको प्रार्थनामा गुरुदक्षिणा लिन स्वीकार गरेका थिए । तर गुरुले मागिदिए, एक करोड स्वर्ण मुद्रा । यो एक असम्भव कुरा थियो अकियन शिष्यहरूका लागि । अब के गर्ने ? कहाँबाट ल्याउने एक करोड स्वर्ण मुद्रा ?
सोच्दासोच्दा उनीहरूले निष्कर्ष निकाले, यतिका धन त राजा नन्दले मात्र प्रदान गर्न सक्छन् । त्यस बखत त्यहाँ राजा नन्द शासन गर्दथे । उनी ९९ करोड स्वर्ण मुद्राका स्वामी छन् भन्ने सुनेका थिए ।
त्यसकारण तिनले राजा नन्दकहाँ जाने विचार गरे । ब्यादले प्रश्न गरेँ । हाम्रो माग राजाले स्वीकार गर्लान् ?’
त्यसमा वररुचिले भने– ‘राजा हाम्रा गुरुलाई मान्दछन्, त्यसकारण दिन पनि सक्छन् । त्यसबाहेक गुरुको श्रापको भयका कारण पनि उनी दिन बाध्य हुनेछन् । राजालाई त के छ, फेरिका उठाएर ढुकुटी भरिहाल्छन् ।’
यस्ता तर्कवितर्क गर्दै उनीहरूले नन्दको दरबारमा जाने निर्णय लिएर घरमा भने– ‘हामी दूर–देश जाँदैछौं । केही समय लाग्नेछ । धैर्य गरेर बस्नु । त्यतिन्जेलका लागि घरको बन्दोबस्त सब मिलाएका छौं । केही समय धान्ने सामल त अहिले पनि छँदैछ ।
वररुचिकी पत्नी उपकोशा विदूषी थिइन् । उनले जिज्ञासा पोखिन्– ‘एक्कासि त्यस्तो के प¥यो स्वामी र हजुरहरू टाढाको यात्राका लागि प्रस्थान गर्न लाग्नुभयो ।’
यसमा वररुचिले भनिदिए– ‘हामी आफ्ना गुरुलाई दक्षिणाको मुद्रा भिक्षा माग्न राजा नन्दकहाँ जाँदैछांै, किनभने जति गुरुले मागे, त्यति हामी कसैको पनि सामथ्र्यबाहिर छ ।’
‘त्यस्तो के मागे आचार्यले ?’
वररुचिले भने– ‘एक करोड स्वर्ण मुद्रा ।’
उपकोशीले जिब्रो काटिन् । भनिन् ‘त्यति उनले देलान् त ?’
वररुचिले उत्तर दिए– ‘दिए उनैले दिन सक्छन्, अरुको त सामथ्य छैन ।’
यति भनेर वररुचि यात्राको तयारी गर्न थाले । उपकोशाले आफ्ना पतिको आवश्यकताअनुसार यात्राको तयारीमा सघाई दिइन् । वास्तवमा केही समयअघि मात्र राजाले उपकोशालाई आफ्नी बहिनी मानेका थिए । त्यसकारण तिनको विश्वास थियो, उनले नाइँनास्ती नगर्लान् ।
राजा नन्दको शिविर त्यस समयमा अयोध्या नगरमा थियो । त्यसकारण उपाध्याय वर्षका यी तिनै शिष्य अयोध्याका लागि प्रस्थान गर्ने भए ।
भोलिपल्ट बिहानै उनीहरू आ–आफ्नो कुटुरो बोकेर ग्रह–नक्षत्र घडी पला सबको दशा हेरेर उचित समयमा हिँडे ।
बिहानको मिर्मिरेमै उनीहरू हिँडे । हिँड्दाहिँड्दै उज्यालो पनि भयो । कतै खोला तर्नु पर्दथ्यो, कतै पहाड हुन्थ्ये । जंगल त धेरै हुनाले उनीहरू जंगलको बाटो नै हिँडे । जंगल पनि सानोतिनो होइन, एकदम भयानक जंगल थियो सूर्यको प्रकाश छिर्न नपाउँदा त्यो वृक्षले ढाकिएको जंगल सधैं अर्ध अन्धकारमा रहन्थ्यो । त्यसले गर्दा त्यो जंगल बाघ भालु तथा अन्य हिंस्रक जन्तुका लागि सुरक्षित स्थल बनेको थियो ।
त्यसमाथि आरण्यक नाम गरेको एक बलशाली र हिंस्रक राक्षसको बास भएको अरण्य थियो त्यो । उनीहरू त्रस्त पनि थियो । त्यो राक्षससँग जम्काभेट भयो भने के गर्ने ? कतै त्यसले धुलोपीठो पार्ने त होइन ?
वररुचिले भने–त्यस्तो हुँदैन किनभने हाम्रो मन्त्रशाक्तिले त्यसैलाई भष्म बनाउने क्षमता राख्दछ, त्यसले गर्दा ऊ हाम्रा निकट आउने साहस गर्दैन ।’
हुन पनि यी तपस्वीलाई देखेपछि त्यहाँका वन्यजन्तु आफैं पन्चिदिन्थे, सिंह, हात्ती, गैंडा, सबैले तिनलाई आदर गरेजस्तो देखिन्थ्यो । चरिरहेका ती विभिन्न जन्तु यी पुग्नासाथ एकैछिन टाउको उचालेर हेर्थे तर एकै छिनपछि आफ्नो चरणमा तल्लीन हुन्थे ।
यसरी कैयौं दिन कयौं रात ती हिँडे । राति वृक्षमुनि आश्रय लिन्थे । खोला वा छाङ्गा जताततै हुनाले नित्यकर्म जप पूजा पाठमा कुनै बाधा हुँदैन थियो । फलफूलले टन्न भरिएको वन हुनाले खानपिनको समस्या भएन ।
तिनको यात्रा संकटपूर्ण थियो तर निर्विध्न चलिरहेको थियो । तिनको एउटै उद्देश्य थियो, कसैगरी राजा नन्दसँग भेटेर एक करोड स्वर्ण मुद्रा प्राप्त गर्ने र आफ्ना गुरुको चरणमा ढोगेर त्यो मुद्रा राखिदिने, जसले उनका गुरु प्रसन्न भएर आशीर्वाद दिऊन् ।
यस्तैमा एक रात ती एक वतवृक्षमुनि सुत्ने तरखर गरिरहेका थिए । एक्कासि तिनका अघिल्तिर एक गोलाकार अग्निज्वाला उत्पन्न भयो । अग्नि ज्वालाको भुँमरी धुँवामा परिणत हुन थाल्यो । धुँवाको भँुमरी पनि पातलिँदै गएपछि त्यसबाट एक भयंकर, विशालकाय राक्षस प्रकट भयो ।
तिनीहरूले भने तिमी को हौ ?
राक्षसले भन्यो ‘मेरो नाउँ धुम्रासुर हो । म यस वनको स्वामी हुँ । यहाँ प्रवेश गर्नै मनुवाले मेरो प्रश्नको उत्तर दिएन भने त्यो मेरो आहारा बन्छ ।’
‘तिम्रो प्रश्न के हो ?’
धुम्रासुरले भन्यो– ‘मनुष्यको जन्मिना र मर्नाको प्रयोजन के छ ?’
तिनीहरूमध्ये कुनैले उत्तर दियो– ईश्वरले रचेको सृष्टिको नियमका कारण जन्मिन्छ र सृष्टि ईश्वरको सृष्टि अनवरत चलिरहन्छ । रुखमा उम्रेका हरिया पातहरू सुकेर झर्छन् अनि नयाँ पालुवा हाल्छ । त्यसैगरी मनुष्य मर्छ र अन्य जन्मिने मनुष्यद्वारा सृष्टिको अघिअघि बढ्छ । सृष्टि अघि बढाउनु नै मुनष्यको जन्मिने मर्ने प्रयोजन सिद्ध हुन्छ । त्यसैबाट सृष्टि गतिशील हुन्छ ।’ धुम्रासुर उत्तरबाट सन्तुष्ट भयो र त्यसले बाटो छाडिदियो ।
तीनै नन्दको राज्यमा पुगे । पुग्नासाथ तिनीहरूले थाहा पाए, जुन राजा नन्दको आशाले ती आएका थिए ती राजा नन्दको भर्खरै मृत्यु भएको छ ।
खबर सुन्नासाथ, तिनैजना निराश भए । तिनको एकमात्र आशा समाप्त भएको थियो । ती दुःखी र चिन्तित भए । ती सोच्न थाले अब के गर्ने ?
(बाँकी पछिको कुनै अंकमा)