काठमाडौं । युक्रेनको वायुसेनाले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभ विरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ ।
वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी संघको ब्ल्याक सी फ्लीटको नोभोचेर्कस्क जहाजलाई क्रुज मिसाइलले आक्रमण गरेको मङ्गलबार युक्रेनले दाबी गरेको छ ।
फिओडोसिया रूसी नौसेनाको कब्जा गरिएको क्रिमियन प्रायद्वीपस्थित आधासर शिविर हो ।
सो विमान रुसले युक्रेनका विरुद्ध नियमित रूपमा प्रयोग गर्ने इरानी विस्फोटक ड्रोनसँग सम्बद्ध रहेको आशङ्का गरिएको छ ।
प्रतिक्रिया