देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायली सेनाको लगातार अस्पतालमा आक्रमण

देशान्तर

काठमाडौं । इजरायली सेनाले गाजाका अस्पतालहरूमा लगातार आक्रमण गरिरहेको छ । इजरायली सेनाले कमल अडवान अस्पतालमा आक्रमण गरेको सीएनएनले जनाएको छ । इजरायली सेनाले बुलडोजरले प्यालेस्टिनीको शव कुल्चेको बताइएको छ ।

जसका कारण त्यहाँ कार्यरत धेरै डाक्टरहरू त्रसित पनि भएका छन् । अल जजिराले कमल अडवान अस्पतालको तस्बिर सार्वजनिक गर्दा बुलडोजरका पाङ्ग्राका निशान देखिएको थियो ।

सीएनएनका अनुसार अस्पतालका बालरोग सेवाका प्रमुख होसाम अबू सफियाले भने– सैनिकहरूले चिहान खने र बुलडोजरले शवलाई ताने र बुलडोजरले कुचले । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार इजरायली ट्याङ्कहरूले शाजाइ सहरको ट्युनिसियन कब्रिस्तान र जबलियाको अल–फल्लुजाह कब्रिस्तान सहित छवटा कब्रिस्तानहरू ध्वस्त पारेका छन् ।

यस्तै, इजरायली सेनाले हमास र इस्लामिक जिहादसँग सम्बद्ध करिब २ सय प्यालेस्टाइनीलाई पक्राउ गरेको छ । बीबीसीका अनुसार हमास र इस्लामिक जिहादका यी सदस्यलाई पछिल्लो ७ दिनमा पक्राउ गरिएको हो ।

यसैबीच, इजरायलले अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्धमा दुवै आतंकवादी संगठनसँग सम्बद्ध ७ सयभन्दा बढी सदस्यलाई पक्राउ गरेको जनाएको छ । तीमध्ये धेरै सदस्यले आत्मसमर्पण गरेका छन् । उनीहरु सर्वसाधारणका बीचमा लुकेका थिए ।

टाइम्स अफ इजरायलका अनुसार भारी वर्षापछि उत्तरी इजरायलका धेरै सहरहरूमा बाढीको अवस्था सिर्जना भएको छ । सडकहरु जलमग्न भएका छन् । धेरै ठाउँमा पानी जम्ने समस्या छ ।