देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमणः विश्वका ४० देशमा फैलियो जेएन. १ भेरियन्ट

देशान्तर


काठमाडौं । कोरोना भाइरसको नयाँ संक्रमण जेएन १ भेरियन्ट फेला परेसँगै चिन्ता बढ्न थालेको छ ।

कोरोनाको नयाँ सब–भ्यारियन्ट जेएन.१ भेरियन्ट विश्वका ४० देशमा फैलिएको छ । यो संक्रमणबाट भारतमा अहिलेसम्म २१ जना संक्रमित भएका छन् । जसमध्ये गोवामा १९ र केरला–महाराष्ट्रमा १–१ जनामा संक्रमण देखिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार यसलाई ‘भ्यारिएन्ट अफ इंटरेस्ट’ मा समावेश गरेको छ । तर, यसले मानिसलाई खासै खतरा नरहेको पनि बताइन्छ । अहिलेसम्म भेटिएका केसहरुको विश्लेषणले हालको खोप यसमा पनि पूर्ण प्रभावकारी रहेको बताइएको छ ।

डब्लुएचओले सावधानीका रूपमा एक सल्लाह जारी गरेको छ । जसमा मानिसहरूलाई भीडभाड नगर्न तथा प्रदूषित हावा भएको क्षेत्रमा मास्क लगाउन सल्लाह दिइएको छ। साथै आवश्यक दूरी कायम गर्न पनि भनिएको छ ।