देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी संसदमा दंगा प्रकरणः डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य घोषित

देशान्तर

काठमाडौं । अर्को वर्ष हुने अमेरिकाको राष्ट्रपति पदको चुनावको दौडमा रहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब उम्मेदवार नै बन्न नपाउने भएका छन् ।

योसँगै उनको ह्वाइटहाउस प्रवेश गर्ने चाहनामा पूर्ण विराम लागेको छ । क्यापिटल हिंसाको मुद्दामा कोलोराडो राज्यको मुख्य अदालतले मंगलबार ट्रम्पलाई अमेरिकी संविधानबमोजिम राष्ट्रपति पदका लागि अयोग्य घोषित गरेको हो ।

अदालतले ह्वाइट हाउस दौडका लागि रिपब्लिकन पार्टीका प्रमुख दावेदार ट्रम्पलाई राष्ट्रपति पदका लागि राज्यको प्राथमिक मतदानबाट हटाएको छ ।

यो अमेरिकाको इतिहासमा पहिलो पटक हो कि १४ औं संशोधन को धारा ३ अनुसार एक राष्ट्रपति उम्मेद्वार अयोग्य बनाउन को लागी प्रयोग गरिएको छ ।

ट्रम्पको विरुद्धमा फैसला गर्ने अदालतका सबै न्यायाधीशहरू डेमोक्रेटिक पार्टीका गभर्नरहरूले नियुक्त गरेको रहेका अमेरिकी सञ्चारमाध्यमहरुले दावी गरेका छन् ।

कोलोराडो राज्यको उच्च अदालतले जिल्ला अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै यस्तो आदेश दिएको हो ।

तल्लो अदालतले जनवरी ६, २०२१ मा क्यापिटल (अमेरिकी संसद) मा आक्रमणको लागि ट्रम्पले भीडलाई हिंसाको लागि उक्साएको बताए पनि ट्रम्पलाई राष्ट्रपतिको दौडमा रोक लगाउन नसकिने फैसला गरेको थियो ।

उच्च अदालतले जनवरी ४ सम्म वा अमेरिकी सर्वोच्च अदालतले यस विषयमा निर्णय नगरेसम्म आफ्नो निर्णय रोकेको छ ।

यो निर्णयसँगै अब ट्रम्प रिपब्लिकन पक्षबाट उम्मेदवारीको दौडमा रहन सक्छन् कि छैनन् भन्ने निर्णय गर्नु अमेरिकी सर्वोच्च अदालतका लागि चुनौतीपूर्ण हुनेछ ।