देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संयुक्त राष्ट्रसंघ राजनीतिक प्रमुखद्वारा इरान आणविक सम्झौता पुनःस्थापित गर्न “सबै कूटनीतिक बाटो“ खोज्न आह्वान

देशान्तर


काठमाडौँ । अन्तरराष्ट्रिय समुदायले इरानको आणविक कार्यक्रममा संयुक्त बृहत् कार्य योजना (जेसीपीओए) पुनःस्थापित गर्नका लागि “सबै उपलब्ध कूटनीतिक उपायहरू“ अवलम्बन गर्नुपर्ने संयुक्त राष्ट्रसंघका राजनीतिक प्रमुखले सोमबार सुरक्षा परिषद्लाई आग्रह गरेका छन् ।

राजनीतिक तथा शान्ति निर्माण मामिलाका लागि संयुक्त राष्ट्रसंघका उप–महासचिव रोजमेरी डिकार्लोले आठ वर्षअघि यो योजनाले ग्रहण गरेको आशा अहिले निराशामा परिणत हुँदै गएको बताएका छन् ।
बैठकमा सहभागीहरू यसको भाग्य र भविष्यका लागि जिम्मेवार छन् तर यो योजना सफल हुन्छ वा विफल भन्ने कुरा विश्वका सबैका लागि अत्यन्त महत्त्वपूर्ण छ । विशेष गरी विश्वव्यापी सुरक्षाको वर्तमान खतरनाक मोडमा यसले विश्व शान्ति सुरक्षामा नयाँ तरङ्ह सृजना गरेको छ । इरानले सो योजना अन्तर्गत आफ्ना आणविक विषय सम्बन्धी प्रतिबद्धताहरूसँग असङ्गत कदमहरू उल्टाउनु पर्नेमा सबैको चासो देखिन्छ ।

संयुक्त राष्ट्रसंघले सहभागीहरूलाई अधिकतम संयम अपनाउन र योजनालाई पुनः स्थापित गर्नका लागि उपलब्ध सबै कूटनीतिक उपायहरू अवलम्वन गर्न आग्रह गर्न जारी राख्ने पनि उनले उल्लेख गरेका छन् ।
बैठकमा उहाँले विषयलाई समर्थन गर्ने ’काउन्सिल रिजोल्युसन’ २२३१ (२०१५) को भागको रूपमा विकास गरिएका प्रतिबन्धात्मक उपायहरूसँग सम्बन्धित कार्यहरूको समीक्षात्मक विवेचना पनि प्रस्तुत गरेका छन् ।