काठमाडौँ । प्रवासमा रहेर गीत लेखनमा सक्रिय दीपेन्द्र अधिकारीको शब्दमा `फर्किन्छु यसपालि´ बोलको गीत डिए क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको छ। सङ्गीत संयोजकका रूपमा ख्याति प्राप्त साहस शाक्यको सङ्गीत र स्वरमा उक्त गीत तयार गरिएको हो।
गीतमा गीतकार एउटा परदेशीको रूपमा प्रस्तुत हुँदै आफ्नो बाल्यकाल, गाउँ, परिवेश, बालसखाहरुलाई सम्झिँदै नोस्टाल्जिक टोनमा प्रस्तुत भएका छन् । दीपेन्द्रले कास्की जिल्लाको दक्षिणी भू- भागमा पर्ने गैह्री गाउँ , सुरौदी खोला र डाँडाबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरिको मनोरम दृश्यलाई समेत स्मरण गरेका छन् । गीतकारले जस्तै आफ्नो, जन्मभूमि र प्रकृतिलाई मन र मस्तिष्कमा सजाई रहेका तमाम प्रवासीहरू को कथा व्यथा रहेको यस गीतलाई गायक तथा सङ्गीतकार साहसले न्याय दिने प्रयास गरेका छन् ।
प्रतिक्रिया