काठमाडौं । उच्च अदालत पाटनले सिम्रिक एयर लिमिटेडलाई कारबाही गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न, नगराउन आदेश दिएको छ ।
प्राधिकरणले कारबाहीको निर्णय गरेपछि सिम्रिक एयरका तर्फबाट दायर भएको रिट निवेदनमाथि न्यायाधीश रमेश ढकालको एकल इजलासले प्राधिकरण र प्राधिकरणका महानिर्देशकले गरेको निर्णय र पत्राचार प्रथम दृष्टिमै गैरकानुनी, अवैध र दुरासयपूर्ण देखिएको ठहर गरेको हो ।
साथै इजलासबाट विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न कारण देखाउ आदेशसमेत जारी भएको छ ।
प्रतिक्रिया