देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोसी प्रदेश सरकारका विषयमा भद्र सहमति छ :दाहाल

देशान्तर

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच कोसी प्रदेश सरकारका विषयमा भद्र सहमति भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोसी सरकारलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्री र अध्यक्ष लिङदेनबीच भद्र सहमति भएको जिकिर गरे ।

सोही सहमतिका आधारमा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति पद राप्रपालाई दिइएको उनले बताए । कोसी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आइसकेको भन्दै उनले त्यस्तो नहोस् भन्ने राप्रपाको समेत चाहनाका कारण सहमति सम्भव भएको उल्लेख गरे । राप्रपाले कोसी सरकार निर्माणमा सघाउने उनले बताए । तर यसअघि मंगलबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको सहमति भएको प्रष्ट्याइसकेका छन् ।