देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधानको रक्षा र समाजवादी व्यवस्थाका लागि मोर्चा बनेको हो : नेपाल

देशान्तर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा र समाजवादी व्यवस्थाका लागि मोर्चा बनेको बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले प्रतिगमन , प्रतिगनकारी काम र अनुचित कदमका विरुद्ध बनेको मोर्चा बनेको बताएका हुन् ।
मुलुकमा उत्पन्न राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिकजस्ता समस्याहरूको समाधानका लागि समेत सातै प्रदेशमा मोर्चा निर्माण गर्नुपरेको बताए । निर्वाचन परिणामले कुनै पनि दलको बहुमत नआएकाले सबै मिलेरै अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।
उनले नेकपा एकीकृत समाजवादीको कोही कसैसँग एकता गर्ने सम्भावना नरहेको बताउँदै गठबन्धन बलियो बनाउँदै लैजाने पक्षमा रहेको बताए ।
समाजवादी मोर्चाले आज बुटवलमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्न नेपाल बुटवल पुगेका हुन् ।