काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि प्राधिकरणले उनलाई जरिवाना तिराउने निर्णय गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले हवाई तथा उडान सुरक्षा प्रभावित बनाउने गरी अभिव्यक्ति दिएको तथा समाचार सामग्री छपाएको भन्दै सिम्रिक एयरका समेत सञ्चालक थापालाई स्पष्टीकरण सोधेको थियो । यसै बिषयमा अध्यक्ष थापा र प्राधिकरणबीच विवाद हुँदै आएको छ ।
प्रतिक्रिया