देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्चमा आजदेखि ‘अटोमेसन’ पेसी तारिखको सुरुवात

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि ‘अटोमेसन’ पेसी तारिखको सुरुवात भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अटोमेसनमा पेसी तारिखको शुभारम्भ गरेका हुन् ।
पेसी तारिख अटोमेसनमा रिट वा मुद्दा लिएर आउने सेवाग्राहीले दर्ता भएसँगै कम्प्युटरको प्रणालीभित्रैबाट पेसी÷तारिखको मिति पाउनेछन् ।
यो प्रणालीबाट पहिलो पेसी तारिख नागरिक उड्डयन प्राधिकरणविरुद्ध अनमोल फ्यासिलिटी क्लिनर्स प्रालिसहितले दायर गरेको रिटले पाएको छ । सार्वजनिक खरिद ऐनसँग सम्बन्धित रिटको पेसी आउँदो कात्तिक ७ गतेका लागि तोकिएको छ ।
अटोमेसनमा प्रवेश गरेसँगै अब फाँटमा बसेका कर्मचारीले पेसी तोक्ने अभ्यास बन्द भएको छ । फाँटमा रहेका कर्मचारीले कम्प्युटरमा इन्ट्री गरेसँगै सेवाग्राहीले पेसीको समय पाउने सर्वोच्च प्रशासनले जनाएको छ ।
पेसी तारिख अटोमेसनको शुभारम्भपछि प्रतिक्रियादिदै प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक सुशासन प्रारम्भ भएको बताए ।
उनले अटोमेसनले कर्मचारी र न्यायाधीशमा पनि आत्मविशवास बढाउने विश्वास व्यक्त गरे ।
उनले सर्वोच्चको आफ्नो जनशक्तिबाटै सफ्टवेर निर्माण गरेको भन्दै भोलिका दिनमा कुनै समस्या आएमा समाधान हुने बताए ।