देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायिका समिक्षा अधिकारीद्वारा अष्ट्रेलिया प्रवेशमा प्रतिवन्ध लगाइएको खबरको खण्डन

देशान्तर

काठमाडौं । गायिका समिक्षा अधिकारीलाई अष्ट्रेलियामा प्रवेशमा प्रतिवन्ध लगाइएको खबरलाई उनले खण्डन गरेकि छन् । गायिका अधिकारीले यस अघि आफ्नी दिदीलाई केयर टेकर बनाएर अष्ट्रेलिया लिएर गएकी थिइन् । केही महिनाको अष्ट्रेलिया बसाईपछि गायिका अधिकारी स्वदेश फर्किइन्, तर दिदी बसेकी छन् । तीजका कार्यक्रममा सहभागिता जनाउन पुनः अष्ट्रेलिया जाने तयारीमा रहेकी उनको भिसा रद्ध भएको र अष्ट्रेलियाको दूतावासले ब्ल्याक लिष्टमा राखेको खवर सार्बजनिक भएको थियो । यो खवरलाई उनले सामाजिक सञ्जाल मार्फत खण्डन गरेकी हुन् । उनले लेखेकी छन-

नमस्ते म समीक्षा अधिकारी !

आज सामाजिक सञ्जालमा मेरो बारेमा आएका न्युजहरू हेरेर म आफै आश्चर्य चकित भएकी छु।

हुन त मैले यो भन्दा ठुलो प्रहरहरू खपी सकेकी छु तै पनि आज सामाजिक सञ्जालमा आएको कुराले म अस्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजु भाइ दिदी बैनीहरू लाई सोध्न चाहन्छु यहाँ निर मेरो गल्ती के भयो । एउटा उमेर पुगेको मान्छे अस्ट्रेलिया नियम परिधि भित्र रहेर आफ्नो बसाइ अस्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रूपले  अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो ? अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नु पर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो । म एउटा अँध्यारो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्धत हुनु हुन्छ, मैले भोग्न पर्ने भोगी सके सहन पर्ने सही सके प्लिज मलाई नगिजोल्नुस्, मेरो व्यक्तिगत कुराहरू हुन्छन् मेरो अनुमति बिना मेरो भिसाको स्ट्याटस चेक गर्न तपाई बसेको देशको कानुनले दिन्छ । म सँग एक चोटि सोधेको भए दितिको बारेमा मै तपाईँहरू लाई  बताउँथे । मेरो दितिले कुनै नियम तोडेर होइन अस्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दै छन् । दिदी सँगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहीन कुरा नलेखिदिनु । सक्नु हुन्छ २ वटा मिठा शब्द बोलिदिनुस् जसले मनोबल बढाओस सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस्। आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुटो हो I मलाई अहिले तिज कार्यक्रम को लागी दिदी बहिनी इभेन्ट ले बोलाएको हो ।  म १८ वर्ष पुगिसकेको छु र मैले गार्जियन अप्लाई गरेको छु भन्ने कुरा सरासर झुटो हो ।  यस्ता भ्रामक समाचार मा विश्वास नगरिदिनु हुन विनम्र आग्रह गर्दछु । ।  

फेरी पनि यो सबै भन्दै गर्दा म देश विदेशमा रहेका समस्त मेरा भगवान् सरहका दर्शकको माया, ममता र सदभावले पटक पटक टुक्रिएर फेरि जोडिँदै गरेकी तपाई कि चेली हुँ मैले कुनै गलत काम गरेकी छैन यदि गलत गरेकी रहेछु भने म त्यसको सजाय भोग्न तयार छु। 

सबैको राम्रो होस् सबैको जय होस् !!

तपाई कि 

समीक्षा अधिकारी