देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका मन्त्रीहरुको सामूहिक छलफल

देशान्तर

काठमाडौं । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका मन्त्रीहरुसँग सामूहिक छलफल गरेका छन् ।

सरकारमा कांग्रेसको नेतृत्व गरेका खड्काले मंगलबार पार्टीबाट मन्त्री बनेका नेताहरुसँग रक्षा मन्त्रालयमा छलफल गरेका हुन् ।
छलफलमा कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सहरी विकास मन्त्री सीता गुरुङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्य सहभागी थिए । क्यानडा भ्रमणमा रहेका कारण अर्थमन्त्री डा. प्रकाशशरण महत भने सहभागी भएनन् । छलफलमा सरकारको काम कारबाहीको विषयमा कुराकानी भएको थियो । साथै समसामयिक राजनीतिक विषय र कानुन निर्णयका विषयमा पनि छलफल भएको थियो ।