काठमाडौँ । गीतकार उपचार कोषलाई सहयोगार्थ गीतकार सङ्घ नेपालले शुक्रवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली गीति लेखनलाई यहाँसम्म ल्याउने र अगाडि बढाउन गीतकार सङ्घ नेपालले राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित गीतकारहरूको गीत प्रत्यक्ष बाजामा प्रस्तुत गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा गीतकारहरू रत्न शमशेर थापा ,काली प्रसाद रिजाल,किरण खरेल , यादव खरेल, भैरवनाथ रिमाल ‘कदम’ नगेन्द्र थापा ,राजेन्द्र थापा, प्रेम विनोद नन्दन, विश्व वल्लभ, शिवशङ्कर थापा, र दुर्गालाल श्रेष्ठका सदाबहार गीतहरू प्रस्तुत गरिएको थियो ।
जाग लम्क चम्क, बोलको गीत दुर्गा परियार , सुनिल राई ,रूपक चौधरी , मनामा बिराई कैलाश विकले प्रस्तुत गरेका थिए भने ,बनै खायो डढेलोले बोलको गीत उदय सोताङले प्रस्तुत गरेका थिए । यम बराल भन्थिन मेरी उनी बोलको गीत प्रस्तुत गरेका थिए ।
त्यसै गरी वसन्त नै बस्न खोज्छ यहाँ बोलको गीत मनामा बिराईले प्रस्तुत गरेकी थिइन् । भने तारा थापाले गैरी खेतको बोलको गीत प्रस्तुत गरेकी थिइन् । त्यसै गरी उदास मेरो बोलको गीत तारा श्रीष मगरले प्रस्तुत गर्दा सुजाता बर्माले पोहोर साल खुसी बोलको गीत गायकी थिइन् । रूपक चौधरीले चिनारी हाम्रो धेरै पुरानो बोलको गीत प्रस्तुत गरेका थिए । जुन फूल मैले बोलको गीत सञ्जय तुम्रुकले गाएका थिए भने सञ्जय र तारा थापाले ज्यानको माया बोलको गीत प्रस्तुत गरेका थिए भने दुर्गा परियारले भाग्यले खुसी बोलको गीत गायकी थिइन् । श्रेयसी चेम्जोङले फूलको आँखामा बोलको गीत प्रस्तुत गरेकी थिइन् । अशोक कुमार राईले सङ्गीत संयोजन गरेको कार्यक्रममा शिला बहादुर मोक्तानले एकर्डिएन,मनोहर सुनाम, केशव सुनाम ,मोहन कार्की ढली, रविन कार्की ढलीले भ्वाईलिन,गोपाल देव गौतमले बाँसुरी,दीपक थापाले रिदम गितार,देव राईले बेस गितार,भरत बुढाथोकीले तबला, पोषण घर्तीले मादल,नरेश प्रजापतिले ढोलक,शशी विक्रमले ड्रम प्याड,र राहुल भुजेलले किबोर्ड सम्हालेका थिए ।
उक्त कार्यक्रममा उपस्थित विभिन्न व्यक्तिहरूबाट करिब ७ लाख रुपैयाँ कोषलाई सहयोग गर्ने बचनबद्धता गरिएको थियो ।
संस्कृति मन्त्री किराँतीले आफ्नो बुवाको पेन्सन ६० हजारमा आफ्नो एक महिनाको तलब ४० हजार थपेर उपचार कोषलाई १ लाख सहयोग गर्ने घोषणा गरेका थिए । त्यसै गरी गायक कृष्ण कँडेलले इन्द्रेणीका तर्फबाट ३ लाख सहयोग कोषलाई सहयोग गर्ने घोषणा गरेको अध्यक्ष वसन्त बित्यासी थापाले देशान्तरलाई जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री किराँतीले स्रष्टा सर्जकको हित र प्रतिलिपि अधिकार ऐनको पूर्ण कार्यान्वयनका लागि आफूले मन्त्रालयको तर्फबाट गर्नु पर्ने कार्य गर्न तत्पर रहेको बताएका थिए । स्रष्टा सर्जकहरूको बौद्धिक सम्पत्तिको संरक्षण गर्नु राज्यको दायित्व भित्र पर्ने मन्त्री किराँतीको भनाई थियो ।
आफ्नो स्वागत मन्तव्य सँगै कार्यक्रमको उद्देश्यबारे अध्यक्ष थापाले प्रकाश पारेका थिए । कार्यक्रमको उद्घोषण हरिराम पौडेलले गरेका थिए । कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल टेलिकम,राष्ट्रिय वाणिज्य बैङ्कले प्रायोजन र कृषि विकास बैङ्क , ,कर्मचारी सञ्चय कोष, साना किसान विकास लघुवित्त वित्तीय संस्था र म्युजिक नेपाल ली.लगायतले सह प्रायोजन गरेका थिए ।
प्रतिक्रिया