काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टेल भनिएको सुन ब्रेक सूबाट बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ ।
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखामा ब्रेक सूबाट निकालेर तौल गर्दा ६० केजी ७८९ ग्राम भएको महाशाखाले जनाएको छ ।
यो सुनमा केही कालो पदार्थ पनि रहेकोले असली तौल अब गालेपछि मात्र थाहा हुने भएको छ । भोलि १०ः३० बजे गाल्ने काम सुरुहुने जनाइएको छ ।
प्रतिक्रिया