देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन प्रकरणमा संलग्नता पुष्टि हुने आधार भए कानूनी कठघरामा उभिनुपर्ने  : पुन

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सय किलो सुन तस्करी प्रकरणमा आफ्नो दलका कुनै पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानूनी कठघरामा उभिनुपर्ने बताएका छन् । छानबिनबाट जो कोही नेता वा व्यक्ति संलग्न भएको देखियो भने न्याय सम्पादनलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
पुनले सुनकाण्डमा आरोप लाग्दैमा कोही अपराधी नहुने बताए । पार्टीको उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्ने क्रममा उपमहासचिव पुनले आरोप लागेका माओवादी नेताहरु पुष्टि भए कानुनी दायरामा जाने बताए ।

पुनले सुन तस्करी प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको भन्दै प्रहरीको छानबिन सकिएपछि प्रतिपक्षी एमालेले भनेजस्तो विशेष समिति गठन गर्न सकिने विकल्प पनि बाँकी रहेको बताए ।
उपमहासचिव पुनले अबका निर्वाचनमा देशबाहिरका नेपाली निर्णायक हुने बताए । प्रविधिको उच्चतम विकास र प्रयोगले मुलुकको राजनीति नै बदल्ने हैसियत विदेशमा बस्ने नेपालीहरुको बनेको पुनको भनाइ थियो ।