काठमाडौँ । काठमाडौँको नागार्जुन स्थित ज्योति एकेडेमीले सोमबार माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा ५१ जना प्रतियोगीले भाग लिएका थिए । प्रतियोगितामा कक्षा ६ ,७, ८ तर्फको अक्षिजा खनाल प्रथम,आयुश्मा पंगेनी द्वितीय र युगान्दिका खत्री तृतीय भएका थिए । त्यसै गरी स्वप्निल देवकोटा ,स्थापना श्रेष्ठ र कृपा खडका सान्त्वना भएका थिए ।
९ र १० कक्षा तर्फको प्रतियोगितामा आमिन थापा मगर प्रथम,सुयशा खनाल द्वितीय र सिद्धार्थ लामिछाने तृतीय भएका थिए । त्यसै गरी हृदयेश खनाल र साजन श्रेष्ठ सान्त्वना भएका थिए । प्रतियोगीताको निर्णायकमा कवि तथा प्रसिद्ध गीतकार लोकराज अधिकारी र प्रकाश सुबेदी रहेका थिए
। एकेडेमीका प्रधानाध्यापक गोबिन्द पंगेनीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन निर्मला अधिकारीले गरेकी थिइन् । प्रतियोगीताका विजयीहरूलाई निर्णायक द्वय सहितका अतिथिहरूले प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । आयोजकका तर्फबाट निर्णायकहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया