देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘स्क्याम’ गर्ने बिरुद्ध कानूनी बाटो रोज्ने गायक शिव परियारको चेतावनी

देशान्तर


काठमाडौं । गायक शिव परियारले आफ्नो नामको फेक आइडी बनाई आफ्ना पुराना लाइभ भिडिओहरु दुरुपयोग गर्नेका बिरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । उन्ले त्यस्ता ठगी धन्दाको पछाडि नलाग्न पनि आग्रह गरेका छन् ।

परियारले फेसबुकमा आफ्नो नामको स्क्याम चलाइरहेको उल्लेख गर्दै फेक आइडी बनाएर कलाकारकै फोटो र भिडिओ दुरुपयोग गरेको देखेमा त्यस्ता अकाउण्टलाई रिपोर्ट गर्न आग्रह गरेका छन् ।
पछिल्लो केही दिनदेखि शिवको नाममा नक्कली फेसबुक आइडी खोली लाइभ गर्ने क्रम चलेको छ । उक्त लाईभ भिडिओको एकातिर पैसाको बिटो राखिएको देखाइएको छ भने अर्कोतिर शिव बोल्दै गरेको देखाईएको छ ।
शिवले सामाजिक सञ्जालमा लेखेका छन् ‘सावधान सावधान सावधान, ठगहरु हो यो कार्य तुरुन्त बन्द गर, मेरो नाम फेक अकाउन्ट खोलेर, मेरै पुरानो लाईभ भिडियो ब्लिन्ड गरेर मसंग सम्बन्धित नभएको कार्य चलाईएको छ्र । यसमा मेरो पुरानो लाईभ भिडियो प्रयोग गरेको कुरामा घोर विरोध र भत्सर्ना गर्दछु । ठगहरु हो, यो कार्य तुरुन्त बन्द गर, अन्यथा कानूनी बाटो रोज्न बाध्य हुनेछु । आदरणीय शुभचिन्तकहरु कम्तिमा तपाँईहरु यस्ता ठगि धन्दाका पछि हात–पाउ फालेर दगुर्नु भन्दा पहिला यो अकाउण्ट रियल हो की होईन कुरा बुझेर मात्र अघि बढ्नुहोस । फेरि पनि यस्तै प्रकृतिको लाईभ भिडियो आए त्यस्तो फेसबुक अकाउण्टलाई बन्द गर्न रिपोर्ट गर्नुहोस । सम्बन्धित सबैमा जानकारीका लागि अनुओध गर्दछु ।

त्यसैगरी शिवले आधिकारिक बिज्ञप्ति भनेर गत बिहिबार सामाजिक सञ्जालमा लेखेका छन प्रीय दर्शक श्रोताहरु‘ बिगत दुई दिनदेखि मेरो नाम र पुरानो लाईभ भिडियो दुरुपयोग गरि फेसबुकमा स्क्याम चलाईरहेको पाएँ कलाकारका नाममा फेक आईडि बनाएर, कलाकारकै फोटो भिडियो दुरुपयोग गरि स्क्याम चलाईरहेको तपाँईहरुले भेट्नु भयो भने कृपया त्यस्ता अकाउण्टका सामाग्री शेयर नगर्नुहोस, लाईक नगर्नुहोस, कमेण्ट नगर्नुहोस, ्र बरु त्यस्ता अकाउण्टलाई रिपोर्ट गरेर बन्द गर्नुहोस ्र रियल अकाउण्टको नामको दायाँ साईडमा निलो टिक चिन्ह हुन्छ ्र तर फेक अकाउण्टबाट गरिने यस्ता स्क्याम लाईभमा साईडमा पैसाको बिटो देखेर हतार हतार कमेण्ट गर्ने, लिंक ज्वाईन गर्दा यसको असर प्रत्यक्ष रुपमा तपाँईलाई पर्न सक्ने छ ्रमेरा शुभचिन्तकहरुमा सावधानि अपनाई यस्ता कुराहरुबाट बच्न अनुरोध गर्दछु्र यस्ता प्रोफाईललाई फेक भनि फेसबुकमा रिपोर्ट गर्नुहोस र फेरि पनि अनुरोध गर्दछु । फेक आइडीबारे आइटि बिज्ञसंग पनि परामर्षमा रहेको शिवले बताएका छन् । ट्रेसिङमा दाङ र काठमाण्डौको लोकेशन देखिएको पाइएको शिवले बताए । उनले यसबारेमा देशान्तरकर्मी लोकराज अधिकारी संग फोनमा कुराकानी गरेका थिए । उनले अधिकारीको आइडिको दुरुपयोग भएको हुन सक्ने भन्दै सचेत गराएका थिए ।