काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबारको राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै एमालेका राष्ट्रिय सभाका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
। एमालेले यही विषयलाई लिएर प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्दै आइरहेको छ ।सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन् ।
प्रतिक्रिया