देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ अघि बढाउने

देशान्तर

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ अघि बढाउने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतविरुद्धको उजुरीमा थप छलफल गर्न आवश्यक नरहेकाले आगामी बैठकमा राजदूतको सुनुवाइ सम्पन्न गर्ने निर्णय गरेको हो । राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्ने विषयमा प्रश्न उठेकाले यस विषयमा भने आगामी बैठकमा परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गर्ने निर्णय पनि भएको छ ।

त्यसअघि बैठकमा समिति सदस्यहरूले पूर्ण विवरण नखोली आएका उजुरीहरूमाथि छलफल गर्न आवश्यक नरहेको धारणा राखेका थिए ।
सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी स्वीट्जरल्याण्ड, सुधीर भट्टराई फ्रान्स, घनश्याम लम्साल कुवेत, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स र धनबहादुर वलीलाई थाइल्याण्ड का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।