देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण

देशान्तर

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले उच्चस्तरीय छानबिन समिति गठन गर्न ध्यानाकर्षण गराएको हो ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकबाट सो विषयमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गभएको छ । बैठकमा बोल्ने क्रममा समिति सदस्यहरूले सो प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्नेमा जोड दिएका थिए ।