देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रमुख निर्वाचन आयुक्तलाई महाभियोग लगाउन माग

देशान्तर

काठमाडौँ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई महाभियोग लगाउन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले जनप्रतिनिधिले निर्वाचन खर्च नबुझाएको भन्दै विज्ञप्ति निकालेर चरित्रहत्या गरेको बताए ।

सांसद यादवले जानीजानी कानुनको आफैँ व्याख्या गरेर प्रमुख आयुक्तले जनप्रतिनिधिहरुको चरित्रहत्या गरेको आरोप लगाए । उनले प्रमुख आयुक्तले माफी माग्नु पर्ने नमागे मानहानिको मुद्दा वा अथवा महाभियोग लगाउनुपर्ने भनाई राखे ।