काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गरिएको हो ।
रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरुले हस्ताक्षर गरेका छन् । उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।
रास्वपा महामन्त्री डा. मुकुल ढकालले अहिले आफ्ना सांसदहरूले गृहमन्त्रीको राजीनमा नमाग्ने बताए ।
एक सय क्वीन्टल सुन तस्करीको घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको प्रभावकारितामाथि प्रश्न उठाएको प्रस्तावमा उल्लेख छ ।
रास्वपाले यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास भयो भन्ने विषयमा अनुसन्धान गर्न माग गरेको छ । बरामद भएका सुनको प्रयोग के–कसरी गर्ने सोचेको छ ? भन्ने सरकारबाट स्पष्ट खाका माग गरेको छ ।
प्रतिक्रिया