काठमाडौं । नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ दललाई खहरेको संज्ञा दिएका छन् । बीपी स्मृति दिवसका अवसरमा रामेछापमा भएको एक कार्यक्रममा प्रमुख सचेतक लेखकले पुराना पार्टीवाट नै निकास निस्कने दाबी समेत गरेका छन् । पार्टीका संस्थापक बीपी कोइराला कांग्रेसको नेता मात्रै नभएर महामानवसमेत भएको बताउँदै खरेलले हरेक कांग्रेसले बीपीको सिद्धान्तमा हिँडनुपर्ने र उनका विचार अनुसरण गर्नुपर्नेमा जोड गरेका छन् ।
प्रतिक्रिया