काठमाडौँ । राजस्व अनुसन्धान विभागको टोलीले ६ बाकस शंकास्पद सामान नियन्त्रणमा लिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद सामान बुढानिलकण्ठस्थित ‘रेडी ट्रेड प्रालि’ र ‘दोलखा इलेक्ट्रिक’ ले कार्गोमार्फत ल्याएका हुन् ।
अनुसन्धानका लागि ६ बक्सा सामान राजस्व अनुसन्धान विभागको टोलीलाई जिम्मा लगाइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ल्याउने कम्पनी हो –‘रेड ट्रेड प्रालि ।’ सोही कम्पनीको थप सामान भेटिएसँगै थप अवैध सुन ल्याएको आशंका गरिएको छ । बरामद गरिएको शंकास्पद सामान खेलैना जस्तो देखिएको र त्यसमा सुन भएको आशंका गरिएको छ ।
प्रतिक्रिया