देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको लाइभ कम्युनिस्ट पार्टीहरुलाई चुनौती:गौतम

सेनाको संख्या कुनै हालतमा घटाउन नहुने

देशान्तर

काठमाडौं । राष्ट्रियसभाका सदस्य बामदेव गौतमले नेपाली कांग्रेसलाई बधाई दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा रोष्ट्रममा उभिएर गौतमले कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेको भन्दै कम्युनिस्टहरूका लागि चुनौती भएको बताए । उनले कांग्रेसलेजस्तै केन्द्रीय समिति बैठक लाइभ गर्न कम्युनिस्ट पार्टीहरुलाई चुनौती दिए ।

गौतमले नेपाली सेनाको संख्या घटाउने विषय औचित्यहीन र अनावश्यक भएको पनि बताए । उनले खर्च घटाउने नाममा सेनाको आकार घटाउने विषयमा छलफल गर्नु उचित नहुने बताए ।
कुनै पनि राज्य बन्नका लागि भूमि, अधिकार सम्पन्न जनता, स्वतन्त्र सरकार र सेना गरी चार अंग आवश्यक पर्ने गौतमले बताए ।

खर्च घटाउन प्रतिनिधिसभाका सदस्यहरुको संख्या घटाउन सकिने, राष्ट्रियसभा नै खारेज गरे पनि हुने भन्दै उनले सेनाको आकार घटाउन नहुने बताए । उनले संविधानमा संघीय व्यवस्था भएकाले मात्र प्रदेश संरचना आवश्यक देखिएको नभए त्यसको पनि कुनै अर्थ नभएको बताए ।