देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको वार्ता निष्कर्ष बिहिन

देशान्तर

काठमाडौँ । ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको वार्ता निष्कर्ष बिहिन भएको छ । बुधबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा भएको वार्ता निष्कर्ष बिहिन भएको हो । तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने सहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो । बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा स्थानीयवासीहरु र सहरी विकासमन्त्री सीता गुरुङ सहभागी थिए ।

छलफलमा काठमाडौँ महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न सकेन् । अब काठमाडौँ महानगरपालिकासँग छलफल गरी निचोडमा पुग्ने तयारी गरिएको छ ।