काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ गरिरहेको बताएका छन् । मंगलबार नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले भ्रष्टाचारविरोधी काम गर्यौं भनेर तमासामात्रै देखाएकाले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने टिप्पणी गरे ।
उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर भनेपनि भित्तामा हानेको भकुण्डो आफैंतिर फर्केर आफैंलाई लाग्ने बताए ।
अध्यक्ष ओलीले जलहरी प्रकरणमा सुनको साटो पित्तल चढायो भनेर अफवाह फैलाएको भन्दै त्यसरी अफवाह फैलाउन सत्तापक्षले सांसदहरुलाई तालिम दिने गरेको आरोप लगाए ।
ओलीले टेको लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको दाबी गर्दै आफूहरु मिसन २०८४ मा लागेको बताए ।
ओलीले अहिलेको सत्ता गठबन्धनमा उस्तै उस्तै दलहरु रहेकाले गठबन्धन कायम गर्न चाहिरहेको पनि बताए ।
प्रतिक्रिया