देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाजवादी मोर्चाको पहिलो बैठक : ६–६ महिनाको नेतृत्व गर्ने सहमति

देशान्तर

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका कम्युनिष्टदलहरुको समाजवादी मोर्चाको पहिलो बैठकले ६–६ महिनाको नेतृत्व गर्ने सहमति गरेको छ । असार ६ गते सत्तारुढ र सत्ता बाहिर रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा बनाएका थिए । पछिल्लो समय कम्युनिष्ट पार्टी एमालेलाई टक्कर दिनका लागि मोर्चा बनाइएको चर्चा चल्दै आएको छ । एमालेले संसद् अवरोध गरेर प्रधानमन्त्री प्रचण्डको राजीनामा मागि रहेका बेला बसेको मोर्चाको पहिलो बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ । यसैगरी पहिलो बैठकले मोर्चा गठनको औचित्य पुष्टि गर्नका लागि सातै प्रदेशमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । प्रदेशमा आयोजना हुने कार्यक्रमबारे २७ गते बस्ने बैठकले निर्णय गर्ने छ । अहिलेलाई मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गर्ने र ६ महिना पछि नेतृत्व परिवर्तन हुने बुझिएको छ ।

बैठकले मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । जसमा नेकपा माओवादी केन्द्रका देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहेका छन् । कार्यदलले बैठकको अध्यक्षताकाे माेडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारस‌हिता बनाउने छ । समाजवादी मोर्चामा आवद्ध दलका प्रतिनिधिसभामा ५४ सांसदछन् ।