देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माथिल्लो कर्णालीमा जीएमआरसँगको सम्झौता खारेज गर्न जनमोर्चाको माग

देशान्तर

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले माथिल्लो कर्णालीमा विद्युत् उत्पादन गर्न जीएमआरसँग गरिएको सम्झौता तत्काल खारेज गर्न माग गरेको छ । नेपालको जलस्रोतमाथि एकाधिकार कायम गर्ने रणनीतिअन्तर्गत भारतले काम गरिरहेको दाबी गर्दै पार्टीले सो माग गरेको हो ।

नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर) लाई दिनु त्यसै रणनीति अन्तर्गतको एउटा कडी भएको पार्टीको भनाई छ । अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा सरकारको निर्णय र उक्त निर्णयलाई वैधानिकता दिने सर्वोच्चको फैसला दुइटै गलत भएको पार्टीको ठहर छ । लगानी जुटाउनका लागि जीएमआरलाई पटक पटक म्याद थप्ने सरकारको निर्णय र त्यसलाई वैधानिकता दिने सर्वोच्चले हालै गरेको फैसलाको पार्टीले विरोध गरेको छ ।