काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिस्ट लेखनाथ भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । भट्टराईविरुद्ध ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।
भट्टराईले ल्याब दर्ता प्रक्रियामा सहजीकरण गरिदिने आश्वासन दिएर सेवाग्राहीबाट घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा ९१० अनुसार बिगो बमोजिम जरिबाना सजायसमेत माग दाबी गरिएको छ ।
प्रतिक्रिया