काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नआएसम्म संसद् चल्न नदिने बताएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद रघुजी पन्तले लेन्डुप दोर्जेुको नेपाली संस्करण नचाहिएको भन्दै राजीनामा माग गरे ।
प्रतिपक्षी नेकपा (एमाले)को अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आप्पति जनाउँदै बैठकमा अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको हो । सोमबार पुस्तक विमोचनको कार्यक्रममा उनले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहित विरोधी रहेको एमालेको ठम्याइ छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद् बैठक चलाउने विषयमा सहमित जुट्न सकेन । बैठकमा नेकपा (एमाले)ले प्रधानमन्त्रीले रोस्टममा उभिएर जवाफ मात्र नभई पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।
प्रतिक्रिया