काठमाडौं । ‘कस्तो थिएँ कस्तो भएँ हेर मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएँंगै टिकटकमा चर्चित बन्यो । अहिले सम्ममा युट्युबमा दुई मिलियनभन्दा बढी भ्युज पाएको यो गीतको चर्चासँगै निर्देशक बबिता श्रेष्ठको पनि चर्चा बढेको छ । नेपाली म्युजिक भिडियोको निर्देशनको क्षेत्रमा कमै मात्र महिला निर्देशक छन् । स्मृति तिमल्सिना ‘गुरुआमा’, मीनाक्षी कोइराला, लक्ष्मी बर्देवालगायत केही महिला निर्देशकहरू सक्रिय रहेको यो क्षेत्रमा लामो समयदेखि निरन्तर म्युजिक भिडियो निर्देशन गर्दै आएकीमा पर्छिन बबिता श्रेष्ठ मलेकु । दर्जनांै म्युजिक भिडियो निर्देशन गरेकी श्रेष्ठलाई यसअघि केहीले आंशिक चर्चा र सफलता पनि दिलाएका छन् । तर यस पटक भने उनले सफलतामा छलाङ मारेकी छन् । केही दिनअगाडि जन्मदिन मनाएकी श्रेष्ठलाई यस पटकको जन्मदिनमा सांगीतिक सफलताको खुसी थपिएको छ ।
गीतमा प्रसिद्ध गायक प्रमोद खरेलको स्वर रहेको छ । रोशन सिंहको शब्द, संगीत, बिशाल निरौलाको संगीत संयोजन रहेको गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा चर्चित मोडेल बिक्रम बुढाथोकी र चाँदनी सिलियासँगै अलि खान, आरव श्रेष्ठ, पूर्णविक्रम केसी र लक्की साउदले अभिनयमा साथ दिएका छन् । राजेन्द्र पुरी निर्माता रहेको भिडियो नरेश ऐरले खिचेका हुन् । सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन् । भिडियो प्रियसी म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएकोे हो ।
प्रतिक्रिया