लय जिन्दगानी अभय प्रेमको
काव्यको प्रवाह बनेर पोखिएको
स्वर्गबाट मत्र्यमा आशुतोषको शिरबाट
झरेको प्रवाह सरह कविता मेरो जिन्दगीको
आफ्नै लय, आफ्नै भाका, आफ्नै उद्गम, आफ्नै विश्राम
त्यसैले मेरो जीवन, मेरो स्वर्णिम यात्रा
न रुक्नु, न झुक्नु चली नै रहनु
मुकाम मेरो अझै परै छ
कति लेक बेँसी अझै वरै छ
जहाँ म हुन्छु त्यहाँ मेरी राधा
जहाँ म हाँस्छु त्यहाँ मेरो आभा
रमेर हिँड्दा दुनियाँ रमाइलो
हाँसेर बोल्दा चेहेरा उजेलो
हे प्यारी तिम्रो अनुरागलाई
सदा सदा म अनुराग दिन्छु
खुलेर हाँस त्यही नै हो यात्रा
खुसीले साट खुसी नै हो मात्रा
त्यही नै हो जीवनको महान् चाड
त्यो भन्दा उत्सव अरू के हुने र ?
प्रतिक्रिया