ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।
२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो ।
त्यतिबेला विशेष अदालतले २ करोड धरौटी मागेपछि सो बराबरको बैंक ग्यारेण्टी बुझाएर उनी छुटेका थिए ।
अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको र त्यही क्रममा उनी पक्राउ परेको जनाइएको छ ।
गुरुङ संकटग्रस्त सहकारीमा समेत संलग्न भएको बुझिएको छ ।
प्रतिक्रिया