देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्यमन्त्री कार्कीको विश्वास मत प्रस्ताव‘फेल’ गराउने गठबन्धन दलको निर्णय

देशान्तर

काठमाण्डौ । कोसीका विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्रयोजनका लागि गर्ने प्रदेश सभामा पेस गर्ने प्रस्ताव ‘फेल’ गराउने निर्णय गरेका छन् । असार १४ गते विशेष अधिवेशन आह्वान गर्न सिफारिस भएसँगै रणनीति बनाउन सोमबार बसेको गठबन्धन दलहरूको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावलाई ‘फेल’ गराउने निर्णय गरेको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का कोसी प्रदेश संसदीय दलका नेता, प्रमुख सचेतक, सांसद तथा पार्टी नेतृत्वको संयुक्त बैठक बसेको हो ।

अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउन कै लागि अधिवेशन स्थगित गरेको प्रदेश सरकारले तेस्रो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । प्रदेश सरकारले असार १४ गते दिउँसो १ बजेका लागि बैठक आव्हान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई सरकारले सिफारिस गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको तेस्रो अधिवेशन आव्हान गर्न बैठक आव्हान गर्ने निर्णय गरेको थियो । सोही अधिवेशनमा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।