देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्कीविरुद्ध उजुरी हालेका जिल्ला न्यायाधीश भट्टराईले दिए राजीनामा

देशान्तर

काठमाडौं । काठमाडौं ले सोमबार पदबाट राजीनामा दिएका छन् ।

आफैँले कानुनी र नैतिक रूपमा प्रश्न उठाएका व्यक्ति प्रधानन्यायाधीश भएको उनले उल्लेख गरेका छन् । सोही कारण उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै राजीनामा दिएका हुन् । उनले राजनीतिक पार्टीका मानिस न्याय परिषद्मा नियुक्त हुने गरेको आरोप पनि लगाए । उनले राजनीतिक मानिस पदमा आएर राजनीतिक आस्थाका लागि काम गर्ने स्थिति देखिएको भन्दै आपत्ति जनाए ।

कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हाले पनि समितिले विवेक प्रयोग गर्न नसकेको उनको भनाइ छ । उनले संसदीय सुनुवाइ समिति नै अवैध रहेको जिकिर गरे ।