देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्याम्सको उपकुलपतिमा डा.भुपेन्द्र बस्नेत नियुक्त

देशान्तर

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपतिमा डा.भुपेन्द्र बस्नेत नियुक्त भएका छन् ।

स्वास्थ्यमन्त्रीको अध्यक्षतामा रहेको समितिको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बस्नेतलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

यसअघि उनी न्याम्सकै निमित्त उपकुलपति पदमा रहेका थिए । कुलपतिका लागि डा. बस्नेतसहित मन्त्रालयमा ११ जनाको आवेदन परेको थियो । न्याम्सका उपकुलपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।