देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी) को नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार केहिबेर अघिदेखि मतदान शुरु भएको हो । एनटीयुसीको ४९ सदस्यीय कार्यसमितिमा १७ जना पदाधिकारी रहने व्यवस्था छ । एनटीयुसीसँगै केन्द्रीय युवा समिति र महिला समितिको पनि चुनाव हुनेछ ।

ट्रेड युनियन कांग्रेसको अध्यक्षका लागि योगेन्द्रकुमार कुँवर र महेन्द्रप्रसाद यादवबीच प्रतिस्पर्धा हुने देखिन्छ । माउ पार्टी कांग्रेसको संस्थापन पक्षीय कुँवर र इतर पक्षीय यादव प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
यादव वर्तमान वरिष्ठ उपाध्यक्ष र कुँवर महासचिव हुन् । यादव संस्थापन इतरपक्षीय उम्मेदवार हुन् भने कुँवर उपसभापति पूर्णबहादुर खड्का निकट मानिन्छन् । वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की र अयोध्याप्रसाद यादवबीच भिडन्त हुने छ । कार्की संस्थापन इतरपक्षीय हुन् भने यादव संस्थापन निकट हुन् ।