काठमाडौंं । चलचित्र ‘दर्पण छाया २’बाट नायिकाको रुपमा डेब्यू गरेकी साहारा कार्कीले यसै चलचित्रका अर्का डेब्यू कलाकार फिरोज तिमिल्सिनासँग इन्गेजमेन्ट गरेकी छन् । लामो समयदेखि प्रेमामा रहेका सहारा र फिरोजले गत आइतबार अमेरिकामा औठी साटेका हुन् । साहारा र फिरोजको बिहे केही दिनमा हुने साहाराकी आमा गीतकार साबु गदाल कार्कीले जानकारी दिएकी छन् ।
साहारा र फिरोजले साबुको शब्द रहेको ‘मनमै बस्छु भन्यौ’ बोलको गीतको म्यूजिक भिडियोमा पनि एक साथ काम गरेका थिए । भिडियोको छाँयांङकन अमेरिकामै गरिएको थियो ।
फिरोजले नेपालमा रहँदा ‘नेपाल आइडल’मा निर्माताको रुपमा काम गरेका थिए । भने ‘द भ्वाइस अफ नेपाल’को मुख्य सहायक निर्देशकको रुपमा पनि काम गरेका थिए । फिरोज साहाराको प्रेम सम्बन्धबारे दुबै परिवार पहिले देखिनै जानकार थियो । इन्गेजमेन्ट पछि साहाराले ‘ हाम्रो सधैंभरिको सुरुवात’ भनेर फेसबुकमा तस्विर शेयर गरिेकि छिन् ।
यसैबीच केहिदिन पहिले आफ्नो पच्चिसौं बैबाहिक बर्ष गाँठ मनाएकि साबुले साहारा र फिरोजको इन्गेजमेन्ट पछि फेसबुक वालामा लेखेकि छन ‘आफन्तजन,अग्रज तथा सम्पुर्ण प्रियजनहरूलाई साक्षी राखी आफ्नो जीवनको हरेक योजना सँगै मिलेर सुरु गर्ने वाचा गरेकोमा धेरै धेरै शुभकामना हाम्रो छोरी साहारा र प्रिय फिरोज बाबुलाई’ ।
प्रतिक्रिया