देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र टण्डनको बढ्दो हिमचिम

देशान्तर

दुबई । अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल सञ्चालक दाउदी इब्राहिम र छोटा राजनका खास मान्छे भनेर नेपालमा चिनिएका अमर टण्डनले अहिले नेपालका राजनीतिक दलका शीर्ष नेताहरुसँग हिमचिम बढाउँदै गएको बुझिएको छ ।
१५ वर्ष अघि अपहरण र शरिर बन्धक, हातहतियार खरखजना आरोपमा पक्राउ परेका टण्डन १ वर्ष अघि रिहा भएका थिए ।

२०६२/०६३ पछि नेपालमा अपहरण धन्दा चलाउने समूह नाइकेको रुपमा रहेका अमर टण्डन २०६४ सालमा बालाजुको माछापोखरीबाट पक्राउ परेका थिए ।

१ वर्ष अघि रिहा भएका टण्डन फेरि पुरानै काममा सक्रिय रहन र राजनीतिक संरक्षणको खोजिमा दैनिक उच्च राजनीतिक नेतृत्वसँग निरन्तर भेटघाटमा रहेको देशान्तरलाई उच्च स्रोतले बताएको छ ।

त्यसमध्य, लामोसमय नेकपा एमालेको नेतृत्व गरेका र हाल एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग उठवस रहेको देशान्तरलाई प्रमाण प्राप्त भएको छ ।

अमर टण्डनका दाइ दिलीप टण्डन अमेरिकामा बस्दै आए पनि पछिल्लो समय उनी नेपाल आएर राजनीतिक भेटघाटमा रहेका छन् । दुई टण्डन मिलेर अहिले नेपालमा नक्कली डलर भारतीय रुपैयाँ कारोबारको धन्दा सञ्चालन गरेको पनि बताइएको छ ।

उनीहरुलाई भारतको भाजपा समर्थित आरएसए नेता भागवतसिंहको छोरी बताउने तर  त्यही समूहकी खास सदस्य सितला राजे पनि सँगै रहेकी छिन्  । पछिल्ला समय उनीहरुले काठमाडौंमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाल लगाएतसँग भेटेको सामूहिक तस्वीर पनि फेला परेको छ ।

उनीहरुले नेपाली नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालासँग विहान भेटेर दिउँसो सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणासँग पनि गोप्य भेटवार्ता गरेका थिए । त्यसपछि मात्रै उनीहरुले एयरपोर्ट होटेलमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री नेपालसँग भेटेको बुझिएको छ ।

माओवादी नेताहरुसँग पनि निरन्तर सम्पर्कमा रहेका टण्डनले माओवादीका हतियार हराउँदा किन्ने समूह पनि त्यही रहेको र तिनै हतियार प्रयोग गरेर नेपालमा आपराधिक गतिविधिहरु भएको विश्वस्त स्रोतले जनाएको छ ।

अमर टण्डन समूहले आफूलाई लो प्रोफाइल देखाउनका लागि ठमेल र भगवती बहाल तिरका सामान्य होटेलमा बस्ने गरेका छन् भने धन्दाका विषयमा भने उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकाले बेला जवरजस्ती कव्जा गरेको पशुपति क्षेत्र विकास कोसभित्रको आनन्द होटेलमा विभिन्न व्यक्तिहरुले भेट्ने जक्सननै बनाएको बुझिएको छ ।

एउटा मुद्दाबाट रिहाई भए पनि अमर टण्डनले नेतृत्व गर्ने आपराधिक समूहको नाउँमा अहिले पनि १९ वटा अपहरण तथा विभिन्न मुद्दाहरु प्रहरीको रेकर्डमा रहेको छ । टण्डन बुटवल सैनामैना निवासी हुन् ।