देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘लोक संगीत हिजो र आज’

देशान्तर

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लोकसंगीत विभागद्वारा आयोजित ‘लोक संगीत हिजो र आज’ विषयक संगोष्ठी बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको अध्यक्षता र वरिष्ठ लोकगायक तथा सर्जक प्रेमराजा महतको प्रमुख आतिथ्यता भएको कार्यक्रममा डा. गोविन्द आचार्यले ‘लोक संगीत हिजो र आज’ विषयक कार्यपत्र प्रस्तुत गर्दै लोक संगीतको परिभाषा तथा यसको उत्पत्तिको विषयमा प्रकाश पारी लोक संगीतका बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यपत्रमाथि प्राज्ञ यज्ञराज उपाध्यायले टिप्पणी गरेका गरेका थिए । उपाध्यायले लोक संगीत सबैको साझा सम्पत्ति भए पनि संकलनकर्ताले गाउँघरमा रुमल्लिरहेको गीतलाई बान्की थपेर लोक गीत बनाउँछन् भने त्यसमा संकलनकर्ताको अधिकार स्थापित हुनुपर्ने विचार राखे । त्यसैगरी अर्का टिप्पणीकर्ता गायक किरण बाबु पुनले लोक गीत संगितको विषयमा चासो र चिन्ता व्यक्त गर्दै आगामी दिनमा कसरी संरक्षण, संवर्धन र प्रबर्द्धन गर्ने भन्ने विषयमा आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रममा लोक संगीतको विकास र प्रवद्र्धनका लागि यस क्षेत्रका कलाकार, संकलनकर्ता र साधकको पनि सम्मान हुनुपर्ने धारणा सहभागीले व्यक्त राखेका लोकसंगीत विभाग प्रमुख प्राज्ञ टीका पुनले जानकारी दिएकी छन् ।
। कार्यक्रममा ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेल प्रसिद्ध लोक गायक राजु परियारले शुभकमना मन्तब्य ब्यक्त गर्दै लोक कला संस्कृतिको जगेर्नाका लागि सबै एकजुट हुनु पर्ने बताएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव कुश्मा महरा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, गायक दुर्गा रायमाझी, गायक हरि बहादुर रावत, गायिका शर्मिला गुरुङ्ग, संगीतकार बिबि अनुरागी लगायतकाको उपस्थिति थियो । कार्यक्रमको सहजिकरण प्रज्ञा सभा सदस्य राधा राईले गरेकी थिइन् ।