देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१६ जना जगन्नाथ देवल कारागारमा : टोपबहादुरको सांसद पद निलम्बन

गुरुङ १० लाख र महर्जन पाँच लाख धरौटी बुझाएर रिहा हुदै

देशान्तर

काठमाडौं । एक साताभन्दा लामो बहस र सुनुवाइपछि नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त भीआईपीमध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी र नेपाल सरकारका सचिव टेकनारायण पाण्डे सहित १६ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंक गुरुङबाहेक बाँकी १६ जनालाई कारागार सजाय तोकेको हो । उनीहरु सबैलाई केन्द्रीय कारागार जगन्नाथ देवल पठाउन अदालतले आदेश दिएको छ । पुर्पक्षका लागि थुनामा पठाएसँगै टोपबहादुर रायमाझीको सांसद पद गएको छ । यसअघि एमालेले सचिव पदबाट रायमाझीलाई निलम्बन गरेको थियो ।

प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ ले फौजदारी अभियोगमा पक्राउ परेको सांसद पुर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वत निलम्बन हुने व्यवस्था छ । नक्कली शरणार्थी प्रकरणमा दुईजना भने आजै रिहा हुने भएका छन् । अभियुक्तमध्येका टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख धरौटी बुझाएर रिहा हुन लागेका हुन् ।