काठमाडौँ । समाजवादी मोर्चा गठनबारे जानकारी दिन नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सो पार्टीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सचिवालय बैठक भोलि बिहान ८ बजे बस्नेगरी बोलाइएको हो ।
माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत समेटेर समाजवादी मोर्चा घोषणाको तयारी भएको नेताहरुको भनाई छ । उनीहरुका अनुसार असार भोलि नै उक्त मोर्चा घोषणाको तयारी भएपनि अहिलेसम्म समय निश्चित भैसकेको छैन ।
प्रतिक्रिया