देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वान एक्स बेट कारोबारी आरोपमा पक्राउ परेका ८ कलाकार सार्बजनिक

देशान्तर

काठमाडौंँ । प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्बजनिक गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा पक्राउ परेका
कलाकार र युट्युबर गरी ८ जनालाईसार्वजनिक गरेको हो । पक्राउ परेका कलाकारहरुमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) राजु पौडेल (राजु मास्टर) पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई , युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) रहेका छन् ।

यहि प्रकरणमा अन्य करिव ७ जना कलाकार तथा युट्युबर पनि अनुसन्धानको घेरामा रहेको प्रहरीले जनाएको छ ।
महाशाखाले बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले उनीहरुलाई म्याद थप गर्ने तयारी गरिरहेको छ ।

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।