देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा सरकार छाड्न तयार : प्रधानमन्त्री

संस्कृत विश्वविद्यालय देशको गहना हो

देशान्तर

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्ने गरी पहलकदमी लिइएको बताएका हुन् ।
यसअघिको एकता कायम राख्न सम्भव नभए पनि लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति नहुने भन्दै प्रचण्डले फेरि एकताका लागि पहल गर्नुपर्ने बताए । प्रचण्डले समाजवादी मोर्चाको दस्ताबेज टुङ्गाएको र केही दिनमा समाजवादी मोर्चा घोषणा हुने दाबी गरे ।
भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने र नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पु¥याउने प्रचण्डको दाबी थियो । यस अघि आज बिहान बालुवाटारमा प्रेस सेन्टर नेपालको ज्ञापन पत्र ग्रहण गर्दै प्रधानमन्त्रीले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताए ।

उनले प्रतिक्रियावादीहरू एजेण्डबिहीन बनेको र जनतामा नाङ्गिएको पनि बताए । प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनता बुझाउने कुरा मुख्य भएको उल्लेख गरे।‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको पनि बताएका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा काम देखेर प्रमुख प्रतिपक्ष लगायत नयाँ भनिएका दलहरुलाई अपाच्य भएको भन्दै सदनदेखि सडकसम्म भ्रम सृजना गर्ने काम गरिरहेको र यसले उनीहरू नाङ्गिदै गएको बताए ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट र फलदायी भएको पनि दाबी गरेका छन् । प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवी पत्रकारहरूले भोग्नु परेका समस्याका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताए । दाङको बेलझुण्डीमा आज आयोजित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै  विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, छात्रछात्रा र सम्पूर्ण शुभचिन्तक राजनीतिक आस्था एवम् दलगत अभ्यासदेखि माथि उठेर शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न समर्पित हुनु जरुरी रहेको औँल्याए । उनले विश्वविद्यालयका पाठ्यक्रमलाई समयसापेक्ष बनाउने विषयलाई सरकारले आफ्नो नीति कार्यक्रमभित्र समेटेको बताए ।
उनले पूर्वीय वाङ्मयको संरक्षण र संवद्र्धन गर्नुका साथै नेपालीपनको जगेर्ना गर्नु विश्वविद्यालयको मुख्य दायित्व भएको पनि बताए ।  प्रधानमन्त्रीले नेपाल संस्कृत विश्वविद्यालय मुलुकको प्राज्ञिक सम्पत्तिको रुपमा स्थापित भएको बताए   ।

प्रधानमन्त्री प्रचण्डले नेपाल संस्कृत विश्वविद्यालय पूर्वीय दर्शन अध्ययनको लागि विश्वभरका विद्यार्थीहरुको उचित गन्तव्य बन्न सक्ने र नेपालको शैक्षिक तथा आर्थिक उन्नयनमा टेवा पुग्ने बताए ।  प्रधानमन्त्री प्रचण्डले नेपाल संस्कृत विश्वविद्यालय नेपालको एक ऐतिहासिक प्राज्ञिक थलो रहेकाले यसको विकास र शैक्षिक उन्नयनका लागि सरकारदेखि अभिभावकसम्म सबै उत्तरदायी बन्नु पर्नेमा जोड दिए ।