देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा

देशान्तर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । आज बिहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्जका २२ वर्षीय किसन साहलाई सुनसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ५सय ६१.३ ग्राम सुनसहित उनलाई पक्राउ गरिएको हो ।
साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ